काठमाडौं । जापानमा करीब ६० प्रतिशत मानिसले रुघाखोकीको उपचारमा एन्टिबायोटिक प्रभावकारी हुन्छ भन्ने गलत धारणा राख्ने गरेको पाइएकोे छ ।
हालै गरिएको एक सर्वेक्षणलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले आईतबार सम्प्रेषित समाचार अनुसार ५०० जनामा गरिएको एक अनलाइन सर्वेक्षणमा करीब ५६ प्रतिशतले एन्टिबायोटिकले रुघाखोकी निको पार्न सक्ने बताएका थिए ।
विद्यालय जानु पहिलेका बच्चाका करीब ६७ प्रतिशत अभिभावकले औषधिले भाइरससँग लड्न सक्ने विश्वास व्यक्त गरेका थिए ।
सामान्य रुघाखोकी र इन्फ्लुएन्जा दुवै भाइरल संक्रमण हुन्, जसको अर्थ एन्टिबायोटिक्स अप्रभावी उपचार हो ।
अर्को एक सर्वेक्षणमा १५ वर्ष वा सोभन्दा बढी उमेरका करीब ६३ प्रतिशत मानिसले एन्टिबायोटिकले भाइरल संक्रमण निको पार्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
टोकियोस्थित नेसनल सेन्टर फर ग्लोबल हेल्थ एन्ड मेडिसिनको सेन्टर हस्पिटलका अनुसार घाँटी दुख्ने वा सिँगान बग्ने समस्या पनि उस्तै छ ।
इन्फ्लुएन्जा, रुघाखोकी र कोभिड १९ एन्टिबायोटिकले उपचार गर्न सक्ने प्रमुख ३ भाइरस भएको अस्पतालले जनाएको छ ।
चिकित्सा विशेषज्ञहरूले एन्टिमाइक्रोबियलको दुरुपयोग र अत्यधिक प्रयोगले एन्टिमाइक्रोबियल प्रतिरोध बढाउन सक्ने चेतावनी दिएका छन्, जसले संक्रमणसँग लड्न कठिन वा असम्भव बनाउँछ ।
जापान सरकारले एन्टिमाइक्रोबियल प्रतिरोधात्मक शक्तिलाई लिएर चिन्ता व्यक्त गरेको छ, जसलाई चिकित्सकहरूले मौन महामारीका रूपमा अथ्र्याउने गरेको पाइन्छ ।