काठमाडौं । नेपालीको महान् पर्व दसैँका अवसरमा श्रम बेच्न विदेसिने युुवाको लर्को रोकिएन बरु झनै बढ्यो ।
चालु आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज महिनामा बिदेसिनेको सङ्ख्या हेर्दा सबैभन्दा धेरै असोजमा विदेश गएको तथ्यले पुुष्टि गरेको हो ।
वैदेशिक रोजगार विभागका अनुसार साउन महिनामा ५५ हजार ५७५ जना श्रम स्वीकृति लिएर बिदेसिए, भदौमा ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएर बिदेसिए र असोजमा ५६ हजार २३५ जना श्रम गरेर बिदेसिएका छन् ।
देशबाहिर रहेका परिवारका सदस्यसमेत नेपाल आएर चाडपर्व मनाउने बेलामा रोजगारीको खोजीमा दसैँको मुखमा बिदेसिन धेरै युवा बाध्य छन् ।
स्वदेशमा रोजगारीका अवसर नपाएपछि सबै छोडेर युवा कामका लागि बिदेसिन बाध्य भएका हुुन् । विदेशबाट आएको भिसाले नेपालका चाडपर्व चिन्दैन । ढिला गरे भिसाको समय सकिने डरका कारण युवा चाडपर्वको खुुसी नै छोडेर विदेश गइरहेका छन् ।
चालु आवको असोजमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने युवाको सङ्ख्या ५६ हजार २३५ पुगेको छ । गत वर्षको असोजमा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्या ६२ हजार ७०६ थियो ।
यसै गरी गत आवको साउन, भदौ र असोजमा दुुई लाख दुुई हजार बिदेसिएकामा चालु आवको पहिलो तीन महिनामा यो सङ्ख्या एक लाख ६२ हजार ९०४ जनामा झरेको छ । सो अवधिमा श्रम स्वीकृति लिएर विदेश गएकामध्ये एक लाख ४१ हजार ४४५ जना पुुरुष र २१ हजार ४५९ जना महिला रहेका छन् ।
गत आवको पहिलो तीन महिनामा रोजगारी खोज्दै विदेश जाने नेपाली श्रमिकको सङ्ख्या लगभग २१ प्रतिशतले घटेर एक लाख ६२ हजार ९०४ जनामा सीमित भएको छ । यो गोरखापत्र दैनिकमा आज प्रकासित समाचार हो ।