काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर विष्टसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ ।
नगरप्रमुख विष्टसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट र तत्कालीन नि. प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसहितका १२ जनाविरुद्ध आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकाे हाे ।
आयको ठेक्कामा बोलपत्रको सम्झौताअनुसार प्राप्त गर्नुपर्ने आयमा कन्स्ट्रक्सन प्रालिलाई नियमविपरीत छुट दिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनीहरू दाेषी पाइएका हुन् ।
उनीहरूमाथि राजस्व चुहावट गरी भ्रष्टाचार गरेको खुलेको हाे ।


























