सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पुलिस क्लब विजयी

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पुलिस क्लब विजयी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले न्युरोड टिम (एनआरटी)लाई पराजित गर्दै विजयी भएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा पुलिसले न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । पुलिसको जितमा मोसेस ग्याबह ट्वुमले निर्णायक गोल गरे । उनले खेलको ७५ औँ मिनेटमा गरेको एक गोल नै पुलिसको लागि निर्णायक गोल सवित भयो । 

त्यस जितसँगै पुलिसले २३ खेलमा ३४ अङ्क जोडेको छ । पुलिस अङ्क तालिकाको चौथो स्थानमा रहेको छ । समान खेल खेलेको एनआरटी २३ खेलमा २९ अङ्क जोडेर आठौँ स्थानमा रहेको छ ।

police-club1685634217.jpg