हर्कलाई बालेनको सन्देश, तपाईंको सुखमा सबै होलान्, दुखमा म छु

हर्कलाई बालेनको सन्देश, तपाईंको सुखमा सबै होलान्, दुखमा म छु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई दुःखको समयमा साथ दिन आफू तयार रहेको बताएका छन् ।

आइतबार राति सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले आफूले कोकाहाको पानी ल्याउँदा सबैले बधाई दिएको तर धरानका राजनीतिक दले उल्टै मुद्दा हालेको गुनासो गरेका थिए । 'पसिनाको भेल बगाएर अनेक दुःख गरेर कोकाहाको पानी ल्याएँ । दुनियाँले बधाई दिए तर धरानका दलहरू मिलेर मलाई मुद्दा लाए', उनले लेखेका छन्, 'यो कुरा जनताले आफ्नो करङमा लेखेर राख्नू ।'

मेयर साम्पाङको पोस्टमा प्रतिक्रिया जनाउँदै काठमाडौंका मेयर बालेनले आफू दुःखमा साथ दिने बताएका हुन् । 'केही फरक पर्दैन । कसैले केही भनेर, सोचेर , केही फरक पर्दैन', बालेनले प्रतिक्रियामा लेखेका छन्, 'तपाईं यति अगाडि पुगिसक्नु भो कि, पछाडि जसले जे बोले पनि फरक पर्दैन । सुखमा सबै साथ होलान्, दुःखमा हामी छौँ, म छु, सधैँ हुनेछौँ ।'

balen1687713793.png