काठमाडौं । अख्तियार दु्रुपयोग अनुसन्धान आयोगमा उजुरीको चाङसँगै ठूला काण्डका फाइल दराजमै थन्किएको पाइएको छ । बहुचर्चित काण्डहरूमा दोषीमाथि कारबाही गर्नुको सट्टा फाइल नै अख्तियारको दराजमा थन्क्याइएको पाइएको हो ।
अख्तियारको तथ्यांक अनुसार यो आर्थिक बर्षमा २८ हजार ६७ वटा उजुरी मध्य १३ हजार १ सय ४२ उजुरी परेका छन् । अख्तियारमा ठूला काण्डका फाइल ६ सय ५६ वटा फाइल दराजमै थन्किरहेको छ ।
यती, ओम्नी, वाइडबडी, सेक्युरिटी प्रिन्टिङ प्रेसलगायत बहुचर्चित काण्डहरूमा दोषीमाथि कारबाही गर्नुको सट्टा फाइल नै अख्तियारको दराजमा थन्क्याइएको पाइएको हो । त्यस्तै अधिकांश स्थानीय तह, नापी तथा मालपोत कार्यालय र यातायात कार्यालय, कृषि विकास बैंक, वन, स्वास्थ्य सेवा विभाग, राष्ट्रिय निकुञ्ज, सडक विभाग, राजश्व कार्यालयका छन् ।
एक वर्षमा १८ हजार ७ सय ७९ वटा उजुरीको प्रारम्भिक छानबिन गरिएको अख्तियारले जनाएको छ । जसमध्ये ११३३ वटा उजुरी उपर विस्तृत अनुसन्धान गरिएको, ७ हजार ८६९ उजुरी तामेली गरिएको, १५२ उजुरी उपर सुझाव दिई तामेली गरिएको र ९ हजार ६४५ उजुरी उपर कानुन बमोजिम अन्य आवश्यक कारबाहीका लागि लेखी पठाइएको अख्तियारको भनाई छ ।