काठमाडौं । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन प्रभात फेरी निकालिएको छ ।
लागु औषध दुरुपयोग तथा ओसार–पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर गृह मन्त्रालयको आयोजनामा आज प्रभात फेरी निकालिएको हो ।
भृकुटीमण्डपबाट सुरु भएको प्रभात फेरी भद्रकाली मन्दिर परिक्रमा गरी पुन : भृकुटीमण्डप हुँदै राष्ट्रिय सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
सो अवसरमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मन्त्रालयका उच्च अधिकारी, युवा तथा विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।
प्रभात फेरीमा सहभागीले लागु औषधको दुर्व्यसन र ओसारपसारविरुद्ध विभिन्न जनचेतनामूलक ब्यानर, प्लेकार्ड प्रदर्शन गरेका थिए ।




























