सन्दीपविरुद्धको मुद्दामा आज क्षतिपूर्ति बारे सुनुवाइ हुँदै

सन्दीपविरुद्धको मुद्दामा आज क्षतिपूर्ति बारे सुनुवाइ हुँदै

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै छ ।

आज जिल्ला अदालत काठमाडौंमा वादी पक्षले माग गरेको क्षतिपूर्तिको मुद्दा बारे सुनुवाइ हुन लागेको हो । यस अघिको १० लाख क्षतिपूर्तिको मागलाई अदालतले खारेज गरेको थियो ।

उक्त माग खारेज भए पनि सर्वोच्च अदालतले पीडित राहतकोशमार्फत् क्षतिपूर्तिको विषय सम्बोधन गर्नुपर्ने जनाएपछि वादी पक्षले क्षतिपूर्ति माग गर्दै पुनः जिल्ला अदालत काठमाडौंमा निवेदन दिएको थियो ।

उनीहरूले करिब ३६ हजार बराबरको माग गरेपछि अदालतले पीडितले उपचार गरेको अस्पताललाई पत्र पठाउँदै खर्च विवरण माग गरेको थियो । जिल्ला अदालत काठमाडौंले माग गरेबमोजिम अस्पतालको प्रतिवेदन प्राप्त गरेपछि आजका लागि सुनुवाइ तोकिएको हो ।