काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीअमनलाल मोदीले दुर्गममा जान नखोज्ने कर्मचारीहरूको लगत निकाल्न कार्यदल गठन गरिएको बताएका छन्।
असार मसान्तसम्म धेरै चलाउन नमिलेको बताउँदै साउनदेखि त्यस्ता कर्मचारीको सरुवा हुने उनले बताए ।
प्रतिनिधि सभामा सांसदहरूसँग प्रश्नोत्तर गर्ने क्रममा उनले भने, ‘कार्यदल बनेको छ। सुगममा मात्रै बस्ने, दुर्गममा जान नचाहनेहरूका लागि कार्यदल गठन गरेका छौं।’
कतिले सिंहदरबार देख्नै नपाउने, तर कतिको सिंहदरबारमै अवकाश हुने अवस्थालाई लिएर प्रेम सुवाल, विद्या भट्टराई, राजन केसीलगायत सांसदले प्रश्न गरेका थिए।
काजमा पनि प्रभावशाली कर्मचारी हाबी भएको, पालिकामा खटाइएका कर्मचारी नजाने गरेको र मन्त्री र हाकिम मिलेर मनपरी सरुवा गरिएको जस्ता प्रश्न समेत उठेका छन्।
मन्त्री मोदीले आफूले खटाएका कति कर्मचारीले अटेर गरेको समेत उत्तर दिने क्रममा बताएका छन्।