शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी र वडा नं. ७ का वडाअध्यक्ष भीमबहादुर यादव र विचौलिया विनाेद भरविरुद्ध सोमबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको हाे ।

उनीहरूले नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि सेवाग्राहीसँग रु.५०,००० घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिइएकाे टोलीले नियन्त्रणमा लिएकाे हाे ।

अधिकृत अनन्तपाणि, वडाअध्यक्ष भीम र विचौलिया विनोदले सेवाग्राहीबाट पचास हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।