काठमाडौं महानगरले कक्षा ११ मा भर्ना हुँदा लाग्ने शुल्कबारे संस्थागत विद्यालयसँग माग्यो जानकारी

काठमाडौं महानगरले कक्षा ११ मा भर्ना हुँदा लाग्ने शुल्कबारे संस्थागत विद्यालयसँग माग्यो जानकारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयले कक्षा ११ मा भर्ना हुँदा विद्यार्थीबाट लिने शुल्कबारे जानकारी मागेको छ ।

महागनरले सोमबार विज्ञप्ति निकाल्दै निजी शैक्षिक संस्थासँग जानकारी मागेको हो ।

असार मसान्तभित्र शुल्क प्रस्ताव पेस गर्न महानगरले अनुराेध गरेकाे छ ।

'काठमाडौं महानगरपालिकाअन्तर्गत सञ्चालित सबै संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८०/०८१ मा कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूसँग के-के शीर्षकमा के कति शुल्क लिने हो? विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शुल्क प्रस्ताव मिति असार मसान्तभित्र शिक्षा  विभागमा उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछौँ', महानगरमा जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

 

notice1687777760.jpg