सामान्य प्रशासन मन्त्रालयद्वारा बजेट विवरण प्रविष्ट गर्न स्थानीय तहलाई परिपत्र

सामान्य प्रशासन मन्त्रालयद्वारा बजेट विवरण प्रविष्ट गर्न स्थानीय तहलाई परिपत्र

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई बजेट विवरण प्रविष्ट गर्न परिपत्र जारी गरेको छ ।

उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आर्थिक वर्षकाे राजस्व र व्यवको अनुमान कार्यपालिकाबाट स्वीकृत गराइ असार दश गतेभित्र सभामा पेश गर्नुपर्ने व्यवस्था छ ।

मन्त्रालयले बजेटसभामा पेश भएको विवरण अनिवार्य रूपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचना तथा प्रविधि शाखामा  प्रविष्ट गर्न अनुरोध गरको छ ।

प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाइमार्फत् विवरण संकलगन गरी एकीकृत विवरण पठाउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।