वीरगञ्ज । नयाँ नागरिकता ऐनअनुसार पर्सामा ३ सय २५ जना जन्मसिद्धका सन्तानले वंशजको नागरिकता लिएका छन् ।
नयाँ नागरिकता ऐनअनुसार आइतबारदेखि नागरिकता वितरण गर्न सुरु गरिएकाे थियाे । दुई दिनको अवधिमा ३ सय २५ जना जन्मसिद्धका सन्तानले वंशजको नागरिकता लिएकाे जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएकाे छ ।
यसैगरी, बारामा ३३ जना जन्मसिद्धका सन्तानले वंशजको आधारमा नागरिकता लिएका छन् ।
बारामा आइतबारबाट नै जन्मसिद्धका सन्तानलाई नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्ने सुरु गर्न तयारी गरिएको भए पनि सर्भर डाउनका कारण साेमबारदेखि वितरण सुरु गरिएकाे हाे ।
पर्सा र बारामा टोकन प्रणालीअनुसार जन्मसिद्धका सन्तानलाई नागरिकता वितरण गर्ने व्यवस्था मिलाइएकाे छ ।
गत बिहीबार सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश कार्यान्वयन नहुने आदेश दिएसँगै जन्मसिद्धका सन्तानले वंशजको आधारमा नागरिकता पाउने बाटो खुलेको थियो ।