मोरङ । नागरिकता नपाएको भन्दै आत्मदाह प्रयास गरेका निरजकुमार कामतले नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् ।
उनले वंशजको आधारमा नागरिकताको प्रमाणपत्र पाएका हुन् ।
सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रप्रसाद यादवले कटहरी गाउँपालिका–४ का कामतलाई नागरिकता प्रदान गरे ।
गत बिहीबार सर्बोच्च अदालतले नागरिकता विधेयकसमबन्धी मुद्दामा अल्पकालीन अन्तरिम आदेश कार्यान्वयन नहुने आदेश दिएसँगै देशमा रहेका जन्मसिद्धका सन्तानले वंशजको आधारमा नागरिकता पाउने बाटो खुलेको थियो।
गत जेठ ३० गते २५ वर्षीय कामतले नागरिकता नपाएकाे भन्दै आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए ।

























