काठमाडौं । सरकारले कार्यसम्पादन प्रभावकारी बनाउन पूर्व मुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा समिति गठन गरेको छ ।
गृह मन्त्रालयले पूर्व मुख्य सचिव पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको हो । गृह अन्तरगतका निकायहरुको कार्य सम्पादनमा प्रभावकारिता ल्याउन समिति गठन गरिएको मृहमन्त्रालयले जनाएको छ ।
समितिमा पूर्वसचिवहरू शंकरप्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, शरदचन्द्र पौड्याल, लक्ष्मीप्रसाद ढकाल र प्राध्यापक डा खङ्ग केसी छन् ।
यसैगरी, पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री डा. विन्दु पोखरेल, सूचना प्रविधि विज्ञ विजय गौतम पनि अध्ययन समितिमा छन् । सदस्य सचिवको जिम्मेवारी नीति योजना महाशाखा सहसचिवलाई दिइएको छ ।
यस्तै, मन्त्रालयले विषयगत उप–समितिसमेत बनाएको छ । पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्यालको संयोजकत्वमा उपसमिति बनाइएको हो । समितिको सदस्यमा कानुन, न्याय र सरकारी वकिल समूहबाट सेवा निवृत सहसचिव एक जना, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक बमबहादुर भण्डारीलगायत ६ जना रहेका छन् ।