काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।
बुधबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।
बुधबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बुधबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।
बिहीबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बिहीबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
शुक्रबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
शुक्रबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।