काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् ।
ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई उनकै निवास नक्सालबाट पक्राउ गरेको हो ।
ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनीमाथि पनि आरोप लागेको थियो । त्यसपछि उनी प्रहरीको फरार सूचीमा रहेका थिए ।
उक्त प्रकरणमा शोभाकान्त ढकाल, रामप्रसाद सुवेदी तथा मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरे आदि सबै मुछिएका छन् ।
२०७७ सालमा विशेष अदालतले व्यवसायी गुरुङसँग दुई करोड रुपैयाँ धरौटी माग गरे पनि उनी मुद्दा दायर भएको एक वर्षपछि मात्रै अदालतमा उपस्थित भएका थिए ।




























