काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई मंगलबार पक्राउ गरेको हो ।
शाह पूर्वसहसचिवसमेत हुन्। उनलाई धुम्बाराहीस्थित उनको निवासबाट पक्राउ गरिएकाे बताइएकाे छ ।
यस प्रकरणमा सिआइबीले व्यवसायी मीनबहादुर गुरुङसहित सातजनालाई पक्राउ गरिसकेको छ ।
सिआइबीले मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भूपेन्द्रमणि केसीलाई पक्राउ गरिसकेकाे छ ।