अदालतको अवहेलना मुद्दा: सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ

अदालतको अवहेलना मुद्दा: सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग लिखित जवाफ माग गरेको छ । 

सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले लिखित जवाफ माग गरेको हाे ।

बालेनले सामाजिक सञ्जालमार्फत् देशको सार्वभौमिकताको कुरा आउँदा कुनै कानुन र अदालतलाई नमान्ने टीप्पणी गरेका थिए । सोही टिप्पणीलाई लिएर अधिवक्ता वर्षाकुमारी झाले गत शुक्रबार अदालतको अवहेलना गरेको भन्दै रिट दायर गरेकी हुन् ।

सोही रिटमा न्यायाधीश श्रेष्ठको एकल इजलासले आज बालेनसँग लिखित जवाफ माग गरेको हो । 

उच्च अदालत, पाटनले आदिपुरुष चलाउन अन्तरिम आदेश दिएपछि बालेनले कानुनबाहिर गइ अदालतको टिप्पणी गरेका थिए ।