काठमाडौं । मूलधार महिला सेवा केन्द्र (मासवेस) ले जाजरकोटका भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
(मासवेस) उदयपुरको आयोजनामा र लायन्स क्लब अफ काठमाडौं, लायन्स क्लब काठमाडौं कन्सन, न्यु पाथीभरा र लायन क्लब काठमाडौं गुराँसको सहयोगमा २५ जना भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरीएको हो ।
जाजरकोटको त्रिभुवन मा.वि. र हनुमान प्रा.वि.का २५ जना भूकम्पबाट प्रभावित बालबालिकाहरूलाई शैक्षिक सामाग्रीमा कापी, डट पेन, ज्यामिति बक्स, ब्याडमिन्टन, सामान्य ज्ञान र अल इन वान बुक्स वितरण गरिएको मासवेस अध्यक्ष नजबुल खानले जानकारी दिइन् ।
भूकम्पले त्रसित बालबालिकालाई उत्साहित गर्दै आभाशा राष्ट्रिय अभियानकी संयोजक समेत रहेकी नजबुल खान र अभियान ब्यावस्थापक सानू चौधरीले कार्यक्रम संचालन गरेको हुन् । छोरीहरू साहसी हुनुपर्छ, हिंसा सहनु हुँदैन, हिंसा गर्नु हुँदैन, समानता हुनैपर्छ, भन्ने नाराका साथ नजबुल खानले विगत लामो समयदेखि अभियान समेत चलाउँदै आएकी छिन् ।
कोरोनामा समेत जोखिमपूर्ण काम गर्दै उदयपुरको भुल्केलाई मोडलको रूपमा पहिचान गराउन सफल भूमिका निर्वाह गरेकोमा आफूले जाजरकोटलाई पनि सेवा दिन आएको अभियन्ता खानले बताइन् । उनी भन्छिन्, ‘भित्री मधेशको छोरी भएर पनि कर्णाली प्रदेशमा सेवा गर्न पाउँदा खुसी लागेको र त्यसमा धेरै जानाको सकारात्मक साथ र सहयोगले हौसला बढेको छ ।’
उनी भन्छिन्, ‘सेवा नै मानव धर्म हो र विशेष अभियानका साथ जाजरकोट आएको हो, विशेष गरी महिला ,बालबालिका र ज्येष्ठ नागरिक सेवामा हामी खटिरहेका छौ । नजबुल खान जुनसुकै आपत्, बिपतमा पनि अग्रपंक्तिमा रहेर काम गर्ने मुस्लिम समुदायको छोरी समेत हुन । स्वास्थ्य, शिक्षा र महिला अधिकारका साथै सूचनाको हकको लागि उनी २४ घण्टा नै सेवामा हाजिर हुन्छिन् ।
यस्तै कामले अभियन्ता नजबुल अरू धेरै उपनामले सम्मानित समेत भएकी छिन् । दबाङ लेडी, उदयपुरको सान नजबुल खान,विद्रोही छोरी, आवाज विहीनहरूको आवाज नजबुल खान, पोलेको इट्टा साहसी छोरी जस्ता उप नामले पनि नेपाल बाहेकका केही देशमा उनको नाम चलेको पाइन्छ ।