न्यायाधीश नियुक्तिका लागि न्याय परिषदको बैठक बस्दै

न्यायाधीश नियुक्तिका लागि न्याय परिषदको बैठक बस्दै

काठमाडौं । न्यायाधीश नियुक्तिका लागि न्याय परिषदन्याय परिषदको बैठक बुधबार  बस्दैछ।

सोमबार न्यायाधीश नियुक्तिबारे छ्लफल भए पनि बैठक बिना निष्कर्ष बैठक सकिएको थियो। आजको बैठकमा न्यायाधीश नियुक्ति हुन सक्ने सम्भावना छ।

बैठक प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा बस्न लागेको हो। उच्च अदालतमा रिक्त ४६ र सर्वोच्चमा रिक्तमा ६ जना न्यायाधीश नियुक्तिका लागि न्यायापरिषदले सोमबार छलफल गरेको थियो। पहिलो चरणमा उच्चमा २७ र सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्तिको तयारी गरिएको छ।

जिल्ला न्यायाधीशहरुले आफूहरूलाई बढुवामा प्राथामिकता दिनुपर्ने माग गर्दै आएका छन्। कानुन व्यवसायीलाई बढी स्थान दिँदा जिल्ला न्यायाधीशको वृत्तिविकासमा असर परेको उनीहरूको गुनासो छ।

यता, नेपाल बार एसोसिएसनले न्यायाधीशको नियुक्ति गर्दा कानुन व्यवसायीहरूलाई सम्मानजनक स्थान दिन न्याय परिषद्‌को ध्यानाकर्षण गराएको छ। बारले मंगलबार न्याय परिषद्लाई पत्र लेख्दै कानुन व्यवसायीको क्षेत्रबाट सम्मानजनक संख्यामा न्यायाधीश नियुक्त गर्न ध्यानाकर्षण गराएको हो।