काठमाडौं । उच्च अदालतका चारवटा इजलासमा आजदेखि श्रव्य दृश्य मार्फत सुनुवाइ सुरु भएको छ ।
प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतबाट श्रव्य दृश्यमार्फत सुनुवाइ कार्यक्रमको आज उद्घाटन गरे। उच्च अदालत जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडा इजलासबाट श्रव्य दृश्यमार्फत मुद्दाको सुनुवाइ थालिएको हो।
यसअघि दिपायल र इलाम उच्च अदालतबाट मुद्दामा श्रव्य, दृश्यमार्फत बहस सुरु गरिएको थियो। अबदेखि सम्बन्धित कानुन व्यवसायीले आफ्नै ठाउँमा बसेर ती चार उच्च अदालतका इजलासमा मुद्दाको बहस गर्न सक्नेछन्। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले प्रविधिमार्फत इजलास थालिएको बताए।
प्रविधिमार्फत नजोडी नहुने समय आएको, नेपालको भूधरातलीय स्थिति न्यायमा पहुँच पुराउने उद्देश्यले थालिएको बताए। अबदेखि सम्बन्धित कानुन व्यवसायीले आफ्नै ठाउँमा बसेर ती चार उच्च अदालतका इजलासमा मुद्दाको बहस गर्न सक्नेछन्।
निश्चित मुद्दामा सम्बन्धित मुद्दाका सरोकारवालाले पासवर्ड र आइडी पाउनेछन्। त्यसपछि जुममार्फत कानुन व्यवसायीले बहस पैरवी गर्न सक्नेछन्। तोकिएका चारवटा इजलासमा अबदेखि भिडियो कन्फेरेन्स मार्फत कानुन व्यवसायीको बहस पैरवी मुद्दाका वादी, प्रतिवादीले प्रत्यक्ष रूपमा हेर्न मिल्नेछ।
सर्वोच्च अदालतबाट अनुमति लिइसकेपछि देशभरका कानुन व्यवसायीले सर्वोच्च अदालतमा पनि अनलाइन मार्फत बहस गर्न पाउने व्यवस्था थालिएको छ।