काठमाडौं । एसिसी यू-१६ इस्ट जोन कप २०२३ मा नेपाल सेमिफाइनलमा पुगेको छ ।
बुधबार थाइल्यान्डमाथि २२५ रनको सानदार जितसहित नेपाल अन्तिम चारमा पुगेको हो । नेपालले दिएको २७० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १३.२ ओभरमा ४४ रनमै अलआउट भयो ।
थाइल्यान्डका लागि ओपनर दनुफोनले १२ रन र इसन बेनर्जीले १६ रन जोडे । बलिङमा नेपालका सन्तोष यादवले ५ विकेट लिए । उनले ३.२ ओभरमा १ मेडन राख्दा ८ रन मात्र खर्चिए ।
अशोक धामीले ३ विकेट लिए भने अभिषेक तिवारीले २ विकेट हात पारे। अशोकले ३ ओभरमा २ मेडन राख्दा ४ रन मात्र दिए । अभिषेकले ४ ओभरमा १ मेडन राखे भने २१ रन खर्चिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ८ विकेटको क्षतिमा २६९ रन जोड्यो । नेपालका लागि निरजकुमार यादवले ७४ रन जोडे । यस्तै नरेन भट्टले ४३ बलमा ५५ रन, सन्तोष यादवले ३६ बलमा ४२ रन र ओपनर सूर्यांशु कोइरालाले ५५ बलमा ४० रन बनाए । नेपालले पहिलो खेल जित निकाल्दै सेमिफाइनलमा यात्रा तय गर्न सफल भयो ।
यो समूहको थाइल्यान्ड लगातार दुई खेलमा पराजित भएपछि नेपाल अन्तिम खेलअघि सेमिफाइनल पुगेको हो । तीन टिम रहेको समूहमा अब नेपालले आयोजक मलेसियासँग खेल्नेछ । मेलसिया पनि सेमिफाइनल पुगेको अवस्थामा समूहको अन्तिमबाट समूह विजेताको टुंगो लाग्नेछ । नेपाल र मलेसियाबीच पर्सि प्रतिस्पर्धा हुनेछ ।


















1687934818.png)









