सुर्खेतमा विकास बजेटले बनाइँदैछ पार्टी कार्यालय

सुर्खेतमा विकास बजेटले बनाइँदैछ पार्टी कार्यालय

वीरन्द्रनगर- सुर्खेतमा विकास बजेटबाट नेकपा एमाले र नेकपा माओ‌वादी केन्द्रकाे पार्टी कार्यालय निर्माण गरिँदैछ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत विकास बजेटबाट पार्टी कार्यालय निर्माण गर्न लागिएकाे हाे ।

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/०८० मा कार्यालय भवन निर्माणका लागि रकम छुट्टाएकाे प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएकाे छ । 

कार्यालयअनुसार एमालेका लागि ५५ र रमाओवादीका लागि २५ लाख खर्च गरिँदैछ । 

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नियमावली २०७६ ’अनुसार यसरी रकम विनियाेजन गर्नु गलत हो ।

एमालेकाे पार्टी भवनका लागि कुल बजेटमा १६ लाख रुपैयाँ ‘रनिङ बिल'मार्फत् भुक्तानीसमेत भइसकेको छ । 

आर्थिक वर्ष २०७८/०७९ मा समेत माओवादी केन्द्रको सुर्खेतस्थित पार्टी कार्यालयको भवन निर्माणका लागि नगरपालिकाले बजेट दिएको महालेखा परीक्षकको रिपोर्टमा उल्लेख छ ।

भवनमा दुई तला थप  गर्न ४५ लाख रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी गरिएकाे महालेखा परीक्षकले जनाएकाे छ ।