फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । 

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५ औं स्थानमा झरेको हो । यसअघि नेपाल १७४ औं स्थानमा रहेको थियो ।
    
दक्षिण एशियाली राष्ट्रमा भारत अग्रस्थानमा छ । भारत १०० औं स्थानमा छ । यस्तै माल्दिभ्स १५४ औं स्थानमा यथावत रहँदा भूटान एक स्थान सुधार गर्दै १८४ औं स्थानमा उक्लेको छ । 

यसैगरी, बंगगलादेश १९२ औं स्थानमा यथावत छ भने पाकिस्तान २०१ औं स्थानमा झरेको छ । श्रीलंका २०७ औं स्थानमा छ ।
    
विश्व वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत छ भने फ्रान्स दोस्रो रहेको छ । त्यस्तै, ब्राजिल तेस्रो, इङ्ग्ल्यान्ड चौथो तथा बेल्जियम पाँचौँ स्थानमा छन् ।