प्रशासकीय अधिकृतमाथि वडाध्यक्षले गरे हातपात

प्रशासकीय अधिकृतमाथि वडाध्यक्षले गरे हातपात

सिन्धुली । सिन्धुलीमा वडाध्यक्षले प्रशासकीय अधिकृतमाथि हातपात गरेका छन् ।

गोलन्जोर-२ का वडाध्यक्ष दौलत कार्कीले बिहीबार प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडलमाथि हातपात गरेका हुन् । 

गाउँसभा बस्ने तयारी भइरहेका बेला डायरी छुट्यो भन्दै लिन फर्किएका बेला वडाध्यक्षले आफूमाथि हातपात गरेको पौडेलको भनाइ छ ।

असार १० गते बस्ने भनिएकाे गाउँसभा बहुमत नपुगेपछि स्थगित भएकाे थियाे । त्यसपछि १२ गतेका लागि गाउँसभा तोकिए पनि साेही दिन पनि बहुमत पुग्न सकेन ।
 
बिहीबार पनि गाउँसभा बस्नका लागि बैठक बोलाइएको थियो। बैठकमा गएका पौडेल डायरी छुट्यो भन्दै गाडीमा फर्किँदै गर्दा वडाध्यक्ष कार्कीले हातपात गरेका हुन् ।

पौडेलका अनुसार वडाध्यक्ष कार्कीले कठालोमा समाउनुका साथै गाडीको लुकिङ ग्लास फुटाएका थिए ।

यता वडाध्यक्ष कार्कीले आरोप अस्वीकार गरेका छन्। पौडेलले मदिरासेवन गरेकाले सम्झाएको उनकाे दावी छ ।