कपिलवस्तुमा बस दुर्घटना, ६ जना घाइते

कपिलवस्तुमा बस दुर्घटना, ६ जना घाइते

काठमाडौं । बझाङबाट काठमाडौं आउँदै गरेको यात्रु बस कपिलवस्तुमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

ना ६ ख १३३९ नम्बरको बस आज बिहान पाँच बजे शिवराज नगरपालिका-३ देउराली मोडमा दुर्घटना भएको हो ।

घाइतेहरूको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् डिएसपी निमबहादुर घलेले जानकारी दिए ।

‘२ महिला र ४ जना पुरुष घाइते छन्,’ डिएसपी घलेले अनलाइनखबरसँग भने, ‘दुई जना घाइतेको अवस्था मध्यम खालको थियो । उपचारपछि अहिले सामान्य छ ।’ उनका अनुसार बसमा ४० जना यात्रुहरू थिए ।