काठमाडौं । काठमाडौं महानगरपालिकाले २९औं महानगर दिवस मनाएको छ । शुक्रबार काठमाडौंको टुँडिखेलमा एक समाहरोहको आयोजना गरी महानगर दिवस मनाइएको हो ।
हरेक वर्ष मङ्सिर २९ गतेका दिन महानगरले महानगर दिवसकाे रुपमा कार्यक्रमको आयोजना गर्दै आएको छ। कार्यक्रममा महानगरमा भएको दमकल, गाडी, सरसफाइ गर्ने मेसिन तथा विभिन्न सांस्कृतिक झाकिर्यालिको पनि प्रदर्शन गरिनुका साथै विभिन्न व्यत्तिलाई सम्मान गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री प्रचण्ड सहित सांसद, महानगर प्रमुख, उप प्रमुख, प्रधानसेनापती, प्रहरी, खेलाडी लगायत सर्वसाधारणको पनि उपस्थित थियो।
यस्तै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई महानगरका मुख्य ३ समस्या सुनाउँदै समाधानको पहल गरिदिन आग्रह गरेका छन् ।
दिवसको अवसरमा आयोजित समारोहमा बालेनले तीनकुनेको मुआब्जा विवाद, खोला अतिक्रमणको समस्या र फोहोरको दीर्घकालीन व्यवस्थापनको समस्या सुनाउँदै तीनै तहका सरकारबाट समाधानको पहल गर्नुपर्ने बताए ।
महानगरले गरेको सफलताको कुरा त थाहा नै भइरहेको हुन्छ, त्यो भन्नै पर्दैन,’ बालेनले भने, ‘विशेष गरी तीन वटा विषयमा ठूलो चुनौती रहेको छ । यसमा महानगर, प्रदेश सरकार र संघ सरकारले मिलेर समस्याको समाधान होस् ।’
हेर्नुहोस तस्बिर