काठमाडौं । गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित २५ सहसचिवको सरुवा गरेको छ ।
शुक्रबार मन्त्रालयले बन्धुप्रसाद बास्तोलालाई झापा, नारायणप्रसाद सापकोटालाई भोजपुर, शंकरहरि आचार्यलाई सुर्खेत र हरिप्रसाद घिमिरेलाई उदयपुरको सीडीओमा सरुवा गरेको छ ।
मन्त्रालयले जनार्दन गौतमलाई तनहुँ, वीरेन्द्रकुमार यादवलाई गृह मन्त्रालय, हिरालाल रेग्मीलाई रौतहट, धर्मेन्द्रकुमार मिश्रलाई कैलाली, दिनेश सागर भुसाललाई पर्सा, युवराज कटेललाई गृह मन्त्रालय, विश्वप्रकाश अर्याललाई कपिलवस्तु र सुरेश पन्थीलाई नवलपरासी पश्चिम, सुनिता नेपाललाई स्याङ्जा, शशिधर घिमिरेलाई गृह मन्त्रालय सरुवा गरिएको छ ।
सहसचिव आनन्द काफ्लेलाई पाल्पा, प्रेम प्रसाद भट्टराईलाई मोरङ, भोला दाहाललाई गोरखा, नारायणप्रसाद अर्याललाई प्युठान, भरत खनाललाई सिन्धुली, महादेव पन्थलाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग र स्किम श्रेष्ठलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
मन्त्रालयले झक्कुप्रसाद आचार्यलाई सिन्धुपाल्चोक र जयनारायण आचार्यलाई सुनसरीको सीडीओमा सरुवा गरेको छ ।