काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले कर्णाली, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।
शनिबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । देशको तराईको थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।
शनिबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
शनिबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आईतबार दिउँसो लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
आईतबार राति लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सोमबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
सोमबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।