काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज बिहान काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।
प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्ने कार्यका लागि विद्युत् बन्द गरिने भएको छ ।
सबस्टेसनबाट विद्युत् सेवा आपूर्ति हुने स्वास्थ्य सेवा विभाग परिसर, भिमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।
प्राधिकरणले ज्याबहाल, चिकुमङ्गल, झोसे, ओमबहाल, भोटेबहाल, यङ्गाल, लगन, महाबौद्ध, भोटाहिटी, असन, बाङ्गेमुढा, इन्द्रचोक, सुन्धारा, सेन्ट्रल जेल, रंगशाला अगाडि, न्युरोड, वसन्तपुर दरबार स्क्वायर, रविभवन, सोल्टीमोड, सुनारगाउँ, आर्मी हस्पिटल, नख्खु चोक, बागडोल, धोबीधारा, मलपोखरी, धोबीघाट लगायतका क्षेत्रमा पनि विद्युत् कटौती हुने जनाएको छ ।
प्राधिकरणले शनिवार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।