काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् ।
पूर्वसांसद् समेत रहेका हरिनारायणलाई प्रहरी वृत्त, बानेश्वरको टोलीले पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय, बाँकेले रौनियार काठमाडौं बस्ने भएकाले पक्राउ गर्नका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुरोध गरेकाे थियाे ।
उनीविरुद्ध बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता भएकाे थियाे।
रौनियार सांसद रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।


























