काठमाडौं । मधेस प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले करारमा नवौं तहदेखि छैटौँ तहसम्मका लागि दरखास्त आब्हान गरेको छ ।
निर्देशनालयले आज सूचना जारी गर्दै मधेस प्रदेशमा रहेको प्रादेशिक अस्पतालहरू (मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल, जनकपुरधाम बाहेक)का लागि आवश्यक रहेका नवौंदेखि छैटौँ तहसम्मका लागि आवेदन आब्हान गरेको हो ।
निर्देशनालयले नवौं तहमा ६ जना रेडियोलोजिस्ट, ६ जना प्याथोलोजिस्ट, ६ जना यौन तथा छाला रोग विशेषज्ञ, डेन्टल सर्जन ६ जना, एमडिजिपी १० जना, १० जना अर्थोपेडिक सर्जन, ८ जना एनेस्थेसियोलोजिष्ट, बाल रोग विशेषज्ञ १२ जना, स्त्री तथा प्रसूति रोग विशेषज्ञ ९ जना, जनरल सर्जन १० जना र १० जना जनरल फिजिसियन मागेको हो।
यस्तै, आठौं तहमा १० जना डेन्टल अधिकृत, २ जना आयुर्वेद चिकित्सक र २८ जना मेडिकल अधिकृत मागेको छ। यस्तैगरी, सातौं तहमा ३ जना अस्पताल व्यवस्थापक र ६ जना नर्सिङ अधिकृत मागेको छ। निर्देशनालयले छैटौँ तहमा ६ जना अप्टोमेट्रिष्ट मागेको छ।
हेर्नुस् सूचना :