क्यानका महाप्रबन्धक खनालले दिए राजीनामा

क्यानका महाप्रबन्धक खनालले दिए राजीनामा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) का महाप्रबन्धक वृत्तान्त खनालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दको कार्यशैलीप्रति असहमति जनाउँदै उनले पदबाट राजीनामा दिएका हुन् ।

क्यानका अध्यक्ष चन्दले पनि महाप्रबन्धक खनालको राजीनामा स्वीकृत भइसकेको बताएका छन् ।

खनालले अध्यक्ष चन्दको कार्यशैली राम्रो नभएकाले राजीनामा दिएको बताए ।