बर्दियामा हिरासतबाट भागेका दुई जना समातिए

बर्दियामा हिरासतबाट भागेका दुई जना समातिए

नेपालगञ्ज । बर्दियाको इलाका प्रहरी कार्यालय, ढाोढरीबाट भागेका दुईजना समातिएका छन् ।

मधुवन नगरपालिका वडा नम्बर ५ का अजय नेपाली र राजा नेपाली शुक्रबार बिहान ६ बजेर १० बजे हिरासतबाट भागेका थिए ।

फरार रहेका अजयलाई हिजै दिउँसाे १२.५० बजे मधुवन-५ कै बेलझुण्डी सामुदायिक वनबाट समातिएकाे थियाे भने राजालाई आज बिहान ८.४० बजे त्यहीकाे डाँडे सामुदायिक वनबाट नियन्त्रणमा लिइएकाे हाे ।

दुवै जना ज्यान मार्ने उद्याेगमा यही असार ८ गते पक्राउ परेका थिए ।

प्रहरीले घटनाकाे बारेमा अनुसन्धान गर्न ५ सदस्यीय छानबिन समिति गठन गरिएकाे छ ।  प्रहरी प्रवक्ता हिक्मत बाेहराको संयाेजकत्वमा छानबिन समिति गठन गरिएकाे हाे ।