संसदीय मामिला पत्रकार समाजमा नयाँ नेतृत्व

संसदीय मामिला पत्रकार समाजमा नयाँ नेतृत्व

काठमाडौं । संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनले मनोज सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

समितिको शनिबार सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा किरण दाहाल र उपाध्यक्ष (महिला) सृजना घिमिरे, महासचिवमा जयसिंह महरा, सचिवमा गुञ्जनराज गिरी र सचिव (समावेशी) सविता शर्मा, कोषाध्यक्षमा अमुल थापा निर्वाचित भएका छन् ।

कार्यसमितिको नयाँ सदस्यमा राजु थापा, पुजन आचार्य, कमलराज भट्ट, रघुनाथ बजगाईं, विनोद कटुवाल, शिला तिमिल्सिना सर्वसम्मतरूपमा चयन भएका छन् । 

त्यसैगरी, समावेशी सदस्यद्वयमा मीरा बस्नेत र अन्जना लामिछाने विजयी भएका छन्।

निर्वाचन समितिका संयोजक टंक पन्तले निर्वाचन परिणाम घोषणा गर्दै नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई बधाई तथा शुभकामना दिए ।

नयाँ कार्यसमितिको दुईवर्षको कार्यकाल हुनेछ । संसद र संसदीय मामिलासम्बन्धी गतिविधिमा कलम चलाउने पत्रकारहरूको साझा संगठनको रूपमा समाज रहेको छ ।