काठमाडौं । नेपाल प्रहरीले गैरहाजिर भएर सम्पर्कविहीन रहेका २१ जना कर्मचारीलाई ७ दिनभित्र लिखित स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालयले आज बुधबार सूचना जारी गरी बाटोको म्यादबाहेक ७ दिनभित्र आफू गैरहाजिर रहनुको कारणसहित हाजिर हुन निर्देशन दिएको छ । कार्यालयले अन्यथा सेवाबाट हटाउने जनाएको छ ।
कार्यालयमा हाजिर नभएकाहरू पर्साका रम्भु राम, तेह्रथुमका सुदीप लिम्बु, ओखलढुंगाका विनोद बस्नेत, बर्दियाका प्रेम बहादुर चौधरी, मोरङका मुकेश कुमार मण्डल, दोलखाका रमेश पोखरेल, मकवानपुरका बुद्धबल तामाङ र काभ्रेका रुपक केसी, दाङका राजु चौधरी र मायाराम चौधरी, सल्यानका धर्मराज वली, रुपन्देहीका मिलन भट्टराई, उदयपुरका निर्जन थापामगर, संखुवासभाका यलम्बर राई, रौतहटका महेश साह, बागलुङका राजेन्द्र परियार, दैलेखका लोकेन्द्रबहादुर थापा, जाजरकोटका टोपबहादुर सिंह, डोटीका लक्ष्मणबहादुर थापा, मोरङका रन्जित कुमार राम र जाजरकोटका टेकबहादुर खड्का रहेका छन् ।