श्री एयरलाइन्सका सबै उडान आज स्थगित

श्री एयरलाइन्सका सबै उडान आज स्थगित

काठमाडौं । श्री एयरलाइन्सले आज (आइतबार)का लागि निर्धारित सबै उडान स्थगित गरेको छ । 

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले प्रेस नोट जारी गर्दै आजका सबै उडान स्थगित गरिएको जानकारी दिएका हुन् ।

उडान स्थगित गरी कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको एयरलाइन्सले जनाएको छ । सोमबारदेखि सबै उडान सञ्चालन गरिने छन् ।

शनिवार काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आई पुनः काठमाडौं नै फिर्ता ल्याई अवतरण गरिएको घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्न लागेको हो ।

354222285_778408554026883_8672232083299770620_n_qT02vQaWc81688262582.jpg