काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहनुका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरू तथा देशका बाँकी तराई भूभागका १–२ स्थानमा हल्कादेखि मध्यम हुस्स/कुहिरो लागेको जनाएको छ ।
शुक्रबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।
शुक्रबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
शुक्रबार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
शनिबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शनिबार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश लगायत कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आईतबार दिउँसो कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली, गण्डकी तथा कोशी प्रदेशको पहाडी भूभागको १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आईतबार राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, बागमती र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।