काठमाडौं । ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नाम मुछिएपछि आफ्नो कुनै व्यक्तिगत स्वार्थ नजोडिएको दाबी गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत उनले ललिता निवास प्रकरणमा सरकारको नेतृत्व गर्दा मन्त्रिपरिषद्को निर्णय पनि जोडिन पुगेकाले वास्तविकता सार्वजनिक गरिदिन आग्रह गरेका हुन् ।
उनले अख्तियारको टोलीले केही वर्ष पहिले लिएको बयानमा समेत आफूले थाहा भएको कुरा जानकारी गराएको उल्लेख गरे । उनले दोषीलाई कडाभन्दा कडा कारबाही होस् भन्ने विषय आफूले निरन्तर वकालत गर्दै आएको बताए ।
डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् :
ललिता निवास प्रकरणको पुछारमा मेरो प्रधानमन्त्रीकालको मन्त्रिपरिषद्को निर्णय पनि जोडिन पुगेकाले धेरै महानुभावहरूले चिन्ता र चासो सहित वास्तविकता सार्वजनिक गरिदिन आग्रह गर्नुभएको छ ।
मेरो करिब १९ महिने प्रधानमन्त्री कालमा प्रक्रियागत ढङ्गले सयौँ निर्णय भएका छन् तीबारे प्रधानमन्त्रीले सबै सम्झन सक्ने कुरो हुँदैन१ मन्त्री परिषद् का निर्णयहरू एकाध बाहेक सबै सम्बन्धित मन्त्रालयबाटै उत्पत्ति भएर आएका हुन्छन् ! तिनलाई मुख्यसचिवले बैठकमा प्रस्तुत गरेपछि मन्त्री परिषद् को सम्बन्धित समितिमा पठाइन्छ ! त्यसले सबै जाँचबुझ गरेर सिफारिस गरेपछि मन्त्री परिषद् ले विधिवत् निर्णय गर्छ ।
ललिता निवास सम्बन्धी प्रस्ताव भूमि व्यवस्था मन्त्रालयबाट आएर म को सामाजिक समितिमा छलफलपछि मन्त्री परिषद्बाट पारित भएजस्तो लाग्छ । मलाई हल्का सम्झना भएसम्म राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा पशुपति टिकिन्छ गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रधानमन्त्रीाण अभिलेख जाँचबुझ गरी नियम अनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ१ यो कुरा मैले अख्तियारको टोलीले केही वर्ष पहिले लिएको बयानमा पनि भनेको छु ।
तत्कालीन प्रधानमन्त्रीको हैसियतले मसँग जोडिएको कुरा यत्ति हो ! त्यसपछि केकसो भयो मलाई थाहा हुने कुरो भएन । कुनै पनि ढङ्गले यो प्रकरणमा मेरो वा मेरो निकट कुनै व्यक्तिको स्वार्थ जोडिएको छैन र कसैले आजसम्म त्यस्तो आरोप लगाएको पनि छैन !
देशमा राज्यको सम्पत्ति निजी लाभको निम्ति दोहन गर्ने र शक्तिको दुरुपयोग गर्ने प्रवृत्ति भयङ्कर रूपले झाँगिएको स्थितिमा ललिता निवास लगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन होस् र दोषीलाई कडाभन्दा कडा कारबाही होस् भन्ने कुरा मैले संसद्मा र बाहिर पनि निरन्तर उठाउँदै आएको छु१ त्यसमा म आजीवन प्रतिबद्ध रहनेछु ।
बरु यो र यस्ता प्रकरणको छिटो टुङ्गो लागोस् ताकि आम जनतालाई गुड र गोबर छुटाउन सहज होस् अनि कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस् !