९७० को नम्बरका सिम कार्ड खुल्ला

९७० को नम्बरका सिम कार्ड खुल्ला

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा प्रयोग हुने नम्बरमा ९७० को नम्बरिङ्ग रेन्जका फोन नम्बरहरू खुल्ला गरेको छ ।

प्राधिकरणले सूचना प्रकाशित गर्दै नयाँ नम्बरिङ्ग रेन्ज ९७० का नम्बरहरू खुल्ला गरिएको जानकारी दिएको हो ।

अब प्रयोगकर्ताहरूले नयाँ सिम कार्ड लिँदा यो नम्बरिङ्ग रेन्जका सिम कार्ड लिन पाउनेछन् ।

प्राधिकरणले नयाँ नम्बरिङ्ग रेन्ज ९७० खुल्ला गरिएसँगै सोबाट सुरु भएका मोबाइल नम्बरहरूमा वान टाइम पासवर्ड ओटिपी नआएको, मोबाइल एप र वेबमा आधारित सेवाहरू लिनका लागि साइन अप गर्दा समस्या भएको, वालेनहरु मार्फत कारोबार गर्दा समस्या आएको भन्दै गुनासो प्राप्त भएकाले सहजीकरण गर्न समेत सरोकारवालाहरूलाई निर्देशन दिएको छ ।

सूचनामा प्राधिकरणले भनेको छ,‘यस प्राधिकरणबाट नयाँ नम्बरिङ रेन्ज खुल्ला गरिएको हुँदा उक्त ९७० बाट सुरु भएका मोबाइल नम्बरहरूमा वान टाइम पासवर्ड ओटिपी नआएको, मोबाइल एप र वेबमा आधारित सेवाहरू लिनका लागि साइन अप गर्दा समस्या भएको, वालेटहरू मार्फत कारोबार गर्दा प्राविधिक कठिनाइ भएको लगायतका गुनासो तथा जानकारी प्राप्त भएको हुँदा उक्त मोबाइल नम्बरलाई पनि अन्य मोबाइल नम्बर सरह सेवाहरू उपलब्ध हुने व्यवस्था गर्नुहुन सम्बन्धित सबै सरोबारवालाहरुलई अनुरोध गरिएको छ ।’