दार्चुलामा चितुवा मृत फेला

दार्चुलामा चितुवा मृत फेला

खलंगा । दार्चुलाको लेकम गाउँपालिका-१ दानुगाड खोला किनारमा आइतबार चितुवा मृत फेला परेको छ । 

स्थानीयले खोला किनारमा चितुवा मरेको देखेपछि  जिल्ला प्रहरी कार्यालयलाई  खबर गरेका थिए । 

खबर पाएपछि डिभिजन वन कार्यालयका  कर्मचारी र प्रहरीको टोली  घटनास्थलमा गएको वन कार्यालयका निमित्त प्रमुख प्रमानन्द कुँवरले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।