मधेस प्रदेशको गृहमन्त्रालयमा तालाबन्दी

मधेस प्रदेशको गृहमन्त्रालयमा तालाबन्दी

जनकपुरधाम ।  मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा तालाबन्दी भएकाे छ । 

जनयुद्धका सहिद परिवारले आइतबार मन्त्रालयमा पुगेर तालाबन्दी गरेका हुन् ।

मधेस शहीद प्रतिष्ठानले दिने घोषणा गरेको ३ लाख रुपैयाँ नदिएको भन्दै उनीहरूले तालाबन्दी गरेका हुन् ।

प्रदेश सरकारले गत वर्ष नै जनयुद्धमा शहीद भएका परिवारलाई किस्ताबन्दीमा ३ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियाे ।

सरकारले गत फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको शहीदको नाम र ठेगानाको आधारमा रकम दिने भनेको छ । 

तर शहीद परिवारले गत वर्षजस्तै प्रमाणपत्रको आधार पाउनु पर्ने माग गरेका छन् ।