काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कम्युनिष्टहरुको एकताको कुराबाट नेपाली कांग्रेस तरंगित हुन नपर्ने बताएका छन् ।
कम्युनिष्टहरुबीच एकता भए पनि कांग्रेससँगको सम्बन्ध नटुट्ने उनले बताए ।
गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दीको अवसरमा चाबहिलस्थित जीपी कोइराला मेमोरियल कलेजले आज आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले लेफ्टहरुको युनिटको कुरा गर्दा कांग्रेससँग डिसयुनिटी हुनेछैन ।’
विगतका राजनीतिक आन्दोलन कांग्रेस र कम्युनिस्ट मिलेर लडेकाले हालसम्मको उपलब्धि हासिल भएको भन्दै उनले कम्युनिस्ट एकताको कुराबाट कांग्रेस तरंगित हुन नपर्ने बताएका हुन् ।
उनले भने, ‘कन्भिक्सनको लेभलमा मेरो कमिटमेन्ट छ । त्यस कारण यो प्रक्रिया अगाडि जान्छ, जानुपर्छ ।’
यस पटक आफू प्रधानमन्त्री नबनी नहुने स्थिति देखेर कहिले एमालेसँग र कहिले कांग्रेससँग गठबन्धन गर्नुपरेको पनि उनले बताए ।


























