राजनीतिक दलका कारण विश्वविद्यालय थला परे : गगन थापा

राजनीतिक दलका कारण विश्वविद्यालय थला परे : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलका कारण विश्वविद्यालय थला परेको बताएका छन् ।

गिरिजाप्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सोमबार सम्बोधन गर्दै थापाले १०र१२ वर्षदेखि शिक्षाको अवस्था ओरालोतर्फ लागेको बताएका हुन् । उनले राजनीतिक भागबण्डाले विश्वविद्यालय कमजोर बन्दै गएको दाबी गरे ।

उनले विद्यालयलाई उच्च प्राथमिकतामा राखेर संघीय शिक्षा शिक्षा ऐन तत्काल पारित गर्न प्रधानमन्त्री समक्ष आग्रह गरे । उनले  उनले शिक्षालाई व्यवस्थित गर्ने र शिक्षा ऐनको प्रारम्भ समेत नहुँदा नभएकाले विश्वविद्यालयहरु थला परेको उल्लेख गरे । उनले राजनीतिक दलका कारण विश्वविद्यालय धरासायी बनेको बताए । उनले संघीय व्यवस्थामा मुलुक गएपनि शिक्षामा प्राथमिकता पर्न नसकेको उल्लेख गरे ।

थापाले नागरिकहरुसँग गरेका बाचा सरकारले पूरा गर्न नसकेको बताए । उनले भने,‘नागरिकहरुसँग हामीले केहि बाचा गरेका थियौं । तिम्रो जीवनलाई हामी माथि उठाउँछौं, तिम्रो जीवनका अफ्ठ्याराहरुलाई हामी हल गर्छौं, सम्बोधन गर्छौं । तर यो गर्नबाट हामी चुकेका छौं। चुकिरहेका छौं यसलाई हामीले स्वीकार्नुपर्छ ।’ 

उनले नेतृत्वको सुझबुझले नेपाल हिंसाको राजनीतिबाट बाहिर निस्किएको उल्लेख गरे । उनले यस वर्षमा पनि विद्यालय शिक्षामा बजेट कम छुट्याइएको भन्दै असन्तुष्ट व्यक्त गरे । विद्यालयमा आएको संकटलाई अझै सरकारले बुझ्न नसकेको भन्दै थापाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । 

थापाले प्रचण्डलाई भ्रष्टाचारको विरुद्ध कुनै पार्टी नहेरी अगाडि बढ्न आग्रह गरे ।