गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबै नेतामा हुँदैन : शशांक कोइराला

गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबै नेतामा हुँदैन : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालाले देखाएको अदम्य साहस र निर्णय क्षमता अन्य नेताहरूमा विरलै मात्र पाइने बताएका छन् । 

उनले कोइरालाकोजस्तो निर्णय क्षमता कांग्रेसकै समकालीन नेताहरूमा समेत नभएको टिप्पणी गरे ।

बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले गिरिजाप्रसाद कोइरालाको १०० औं जन्म जयन्तीको अवसरमा गरेको रक्तदान कार्यक्रममा नेपाली कांग्रेसका पूर्व महामन्त्री कोइरालाले भने, ‘गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबैमा हुँदैन । उहाँ जे बोल्नुहुन्थ्यो त्यो पूरा गरेर छोड्नुहुन्थ्यो । त्यो निर्णय क्षमता विरलै नेताहरूमा पाइन्छ ।’

उनले गिरिजाप्रसाद कोइरालाकै कारण दोस्रो जनआन्दोलन सफल भएको बताए । उनले भने,‘दोस्रो जनआन्दोलन र सङ्घीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुका कारण सम्भव भएको हो ।’