काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ७१० कायम भएको छ ।बिहीबार सुनको मूल्य २ लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ९८० कायम भएको थियो ।
गत बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ४ हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ६०० कायम भएको थियो । गत मंगलबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मोल ५हजार ३३५ कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ८२८ र त्यति नै परिमाणको सेतो धातु ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


























