करिब ८ महिनयताकै उच्च अंकमा नेप्से परिसूचक

करिब ८ महिनयताकै उच्च अंकमा नेप्से परिसूचक

काठमाडौं । आइतबार सेयर बजारमा सकारात्मक उछाल देखिएको छ। नेप्से परिसूचक ५४.५१ अंकले बढेर २,९३१ अंकमा पुगेको छ, जुन करिब ८ महिनयताकै उच्च स्तर हो। गत बिहीबार नेप्से ६४ अंकले बढेको थियो।

बजारमा कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन २१ अर्ब २२ करोडको कारोबार भएकोमा आइतबार २३ अर्ब ५९ करोड रुपैयाँको कारोबार भयो। यो रकम पनि गत साउन ११ गतेयताकै उच्च हो।

आज १८३ कम्पनीको मूल्य बढ्दा ७३ कम्पनीको घट्यो र ८ कम्पनीको मूल्य स्थिर रह्यो। व्यापार समूहबाहेक सबै समूहका सूचक बढेका छन्। व्यापार समूह ०.११ प्रतिशत घटेको छ भने माइक्रोफाइनान्स समूह सबैभन्दा बढी ४.२१ प्रतिशतले बढेको छ।