दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौं । मंगलबार सेयर बजारमा नेप्से सूचकांक २३.८३ अंकले बढेर २९६० अंकमा पुगेको छ, जुन करिब ८ महिनाकै उच्च विन्दु हो। आज १३६ कम्पनीको मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ। व्यापार समूह सबैभन्दा धेरै ९.१२ प्रतिशतले बढेको हो।

आज १० प्रतिशतले बढेका कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, सालपा विकास बैंक, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन्। सबैभन्दा धेरै घटेका कम्पनीहरूमा फर्स्ट माइक्रोफाइनान्स ६.५६ प्रतिशत, मनकामना इन्जिनियरिङ हाइड्रोपावर ५.११ प्रतिशत र मेरो माइक्रोफाइनान्स ४.५३ प्रतिशतले घटेका छन्।

धेरै कारोबार भएका कम्पनीहरूमा राधि विद्युत्, एपी पावर, एचआईडीसीएल प्रमोटर, ङादी ग्रुप र शिवम् सिमेन्ट रहेका छन्। समग्रमा, बजार सकारात्मक देखिएको भए पनि कारोबार रकममा सामान्य गिरावट आएको छ।