दोहोरो अकंले बढ्यो सेयर बजार

दोहोरो अकंले बढ्यो सेयर बजार

काठमाडौं । दुई दिनको भारी गिरावटपछि शेयर बजारमा आज हरियालि देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.७० अकंले बढेर २८५१.०९ बिन्दुमा कायम भएको छ । आज ३३९ कम्पनीको २ करोड ७९ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ११ करोड २४ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ११ उपसूचकमा हरियाली देखिएको छ । आज वाणिज्य बैंक समूहको ०.७६ प्रतिशत, विकास बैंक समूहको ०.९० प्रतिशत, फाइनान्स समूहको १.१२ प्रतिशत, होटल तथा पर्यटन समूहको १ प्रतिशतले शेयर मूल्य बढेको छ ।